राष्ट्रियसभा निर्वाचनमा जनमतले आफ्नै उमेदवारलाई माग्यो मत, मधेश र लुम्बिनीबाहेक गठबन्धनलाई सघाउने

राष्ट्रियसभा निर्वाचनमा जनमतले आफ्नै उमेदवारलाई माग्यो मत, मधेश र लुम्बिनीबाहेक गठबन्धनलाई सघाउने
फाइल फोटो

 

काठमाडौं : जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा मधेश र लुम्बिनी प्रदेशको लागि आफ्नै उमेदवारको लागि मतदान गर्न अपिल गरेको छ।

आफ्नो पार्टीले उठाएकोबाहेक अन्य ठाउँमा भने सत्ता गठबन्धनलाई सघाउने बताएको छ।

जनमतले आज एक विज्ञप्ति जारी गर्दै अनुसार मधेश प्रदेशका रामशंकर महासेठ र लुम्बिनी प्रदेशका उमेदवार बालगोविन्द चौधरी थारूलाई मतदान गर्न अपिल गरेको हो।

माघ ११ गते हुने निर्वाचनमा यी दुई उमेदवार बाहेकका ठाउँमा माओवादी केन्द्र नेतृत्वका गठबन्धनका उमेदवारलाई समर्थन रहेको पनि जनमतले जनाएको छ।

१ माघ, २०८०, १२:५३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।