राष्ट्रियसभा निर्वाचन : कर्णालीमा गठबन्धन र एमालेका उम्मेदवारद्वारा मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा गठबन्धन र एमालेका उम्मेदवारद्वारा मनोनयन दर्ता

सुर्खेत : राष्ट्रियसभा चुनावका लागि कर्णाली प्रदेशमा सत्ता गठबन्धनका तीन र एमालेका तीन उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

आज प्रदेश निर्वाचनको कार्यालयमा पुगेर आज उनीहरूले मनोनयन दर्ता गएका हुन्।

गठबन्धन दल कांग्रेसबाट रुकुम पश्चिमका कष्णबहादुर राेकाय, माओवादीबाट कालिकाेटका बिष्णु विश्वकर्मा र एकीकृत समाजवादीबाट दैलेखकी सावित्री मल्लले उम्मेदवारी दर्ता गराएका हुन्।

राेकाय कांग्रेस कर्णाली प्रदेशका महामन्त्री हुन् भने विश्वकर्मा माओवादीका केन्द्रीय सदस्य तथा कालिकाेट जिल्ला इन्चार्ज हुन्।

त्यस्तै, मल्ल एकीकृत समाजवादीकी केन्द्रीय सदस्य हुन्।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकले मनोनयन दर्ता गरेका छन्।

शाही र भट्ट एमाले प्रदेश कमिटी सदस्य हुन् भने विक पार्टीकाे भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष हुन्।

कर्णालीमा राष्ट्रियसभाको लागि महिला, दलित र अन्य गरी तीन सिटमा मतदान हुँदैछ।

कर्णालीमा ८९ स्थानीय तह र एक प्रदेश सभातर्फ १९६ मतदाता छन्।

जम्मा १९८ मतदाता मध्ये कांग्रेसबाट निर्वाचित दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्यबहादुर शाही र जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि १९६ मतदाता रहेका हुन्।

सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धामा होमिएको एमालेको मतभार संख्या कमजोर रहेको छ। प्रदेशसभातर्फ नेपाली कांग्रेसका १५, माओवादीका १३, एमालेका १०, समाजवादी र राप्रपाका एक/एक गरी ४० सांसद छन्।

राप्रपाले भने अहिलेसम्म कसलाई मतदान गर्ने भन्ने विषयमा कुनै निर्णय गरेकाे छैन।

२३ पुस, २०८०, १६:४९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।