आइतबार रातभर बैठक बसेर कांग्रेसले टुङ्ग्यायो राष्ट्रिय सभा उम्मेदवार

आइतबार रातभर बैठक बसेर कांग्रेसले टुङ्ग्यायो राष्ट्रिय सभा उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारका लागि १० जनाको नाम टुंगो लगाएको छ।

केन्द्रीय कार्यसम्पादन समितिको रातभर बसेकाे बैठकले गठबन्धनबाट आफ्नो भागमा परेको १० उम्मेदवार छनोट गरेको हो।

कोशीमा कृष्णप्रसाद सिटौला र मधेशमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी कार्यालय सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यमा बलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ। 

२३ पुस, २०८०, ०९:०८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।