जाजरकोटमा चिसाेकाे कारण थप १ जना भूकम्पपीडितको मृत्यु

जाजरकोटमा चिसाेकाे कारण थप १ जना भूकम्पपीडितको मृत्यु

काठमाडौं : चिसोका कारण जाजरकोटमा थप १ जना भूकम्पपीडितको मृत्यु भएको छ।

मृत्यु हुनेमा भेरी नगरपालिका–१, रावतगाउँका ५८ वर्षीय कर्णबहादुर विश्वकर्मा रहेका छन्।

उनी भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका थिए।

विश्वकर्माकाे उपचारकाे क्रममा प्रदेश अस्पताल, सुर्खेतमा मृत्यु भएको हाे। जिल्ला अस्पतालमा उपचार नभएपछि उनलाई सुर्खेतमा लगिएकाे थियाे। त्रिपालमुनि बसेकै कारण उनी कडा निमाेनियाकाे सिकार भए।

विश्वकर्मासँगै हालसम्म जाजरकाेटमा चिसाेका कारण ३१ जनाकाे मृत्यु भइसकेकाे छ। यसैगरी रुकुम-पश्चिममा ५ जनाले ज्यान गुमाइसकेका छन्।

२२ पुस, २०८०, १०:३९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।