अन्योलमा नपर्न भन्दै शिक्षा मन्त्रालयले भन्यो- यस वर्ष एसइई चैत पहिलो हप्तादेखि हुन्छ

अन्योलमा नपर्न भन्दै शिक्षा मन्त्रालयले भन्यो- यस वर्ष एसइई चैत पहिलो हप्तादेखि हुन्छ

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) हुने वा नहुने भन्दै अन्योलता भइरहेको बेला शिक्षा मन्त्रालयले यस वर्ष एसइई हुने बताएको छ।

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले एसइई बारे कसैलाई अन्योलमा नरहन आग्रह गरेका छन्।

उक्त बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले अहिलेसम्म पनि एसइई परीक्षाबारे अन्योल भएकाले यसबारे प्रष्ट पार्नुपर्ने भन्दै प्रश्न उठाएकी थिइन्।

जवाफमा शिक्षा मन्त्रालयका सचिव अधिकारीले भने, ‘विद्यालय शिक्षा विधेयक संसदमा विचाराधीन छ, त्यसकारण त्यो विधेयक पास भएपछि मात्रै यसबारे थप केही होला तर अहिलेलाई पहिला जस्तै एसइई परीक्षा हुन्छ।’

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा चैत पहिलो हप्तादेखि सञ्चालन हुनेगरी वार्षिक परीक्षा तालिका नै तयार पारेको छ। माघ पहिलो हप्ता परीक्षा तालिका सार्वजनिक हुने बोर्डले जनाएकाे छ।

१७ पुस, २०८०, १६:२२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।