मेडिकल सामान खरिद विषय संसदीय समितिमा छिर्यो, मन्त्री बस्नेतमाथि लाग्यो भ्रष्टाचारको आरोप

मेडिकल सामान खरिद विषय संसदीय समितिमा छिर्यो, मन्त्री बस्नेतमाथि लाग्यो भ्रष्टाचारको आरोप

काठमाडौं : सांसद रघुजी पन्तले अस्पतालको सामान किन्दा स्वास्थ्य मन्त्रीले भ्रष्टाचार गरेको दाबी गरेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसद पन्तले क्याबिनेटमा भ्रष्ट मन्त्री राखेर प्रधानमन्त्री सुशासनको गफ दिँदै हिँडेको बताएका थिए।

‘मन्त्रीहरू भ्रष्टाचार गर्दै हिँडेका छन्। अनि प्रधानमन्त्रीले दिने भन्ने सुशासन कसले पत्याउने?’ उनले भने।

पन्तले बैठकमा स्वास्थ्य मन्त्री मोहन बस्नेतले खुलेआम भ्रष्टाचार गरिरहेको र अख्तियारले फाइल लैजाँदा समेत पदमा बसिरहेको भन्दै आपत्ति जनाएका थिए।

अस्पतालका सामान खरिदमा मन्त्री स्वंयमले भ्रष्टाचार गरेको पन्तको आरोप थियो।

मन्त्री बस्नेत केन्द्रदेखि प्रदेशको स्वास्थ्य सामान खरिदमा जोडिएका छन्। सिटी स्क्यान लगायतका ठूला खरिदमा मन्त्रालय देखिकै मिलेमतोमा निश्चित कम्पनीको सामान किन्न मिल्नेगरि स्फेकिफिकेशन बनाउने गरिएको बारे उकेराले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ।

बैठकमा पन्तले श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीबारे पनि प्रश्न उठाएका थिए।

वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरण तालिम शुल्क ८ सयबाट बढाएर २८ सय पुर्याउँदा एजेन्सीहरूबाट एकमुष्ठ पैसा उठाएर विधिसमेत पूरा नगरी निर्णय गरेको उनको दाबी थियो।

सम्बन्धित समाचार

१६ पुस, २०८०, १२:४४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।