केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेस

केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं : शनिबार सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकका निर्णयहरू आज सार्वजनिक गरिँदै छ।

त्यसका लागि पार्टीले दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दैछ। बिहीबारदेखि जारी बैठक शनिबार अबेर सकिएको थियो।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन, सरकारको एक वर्ष अवधिको समीक्षा र मन्त्रीहरूको कार्यसम्पादनबारे छलफल भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार पत्रकार सम्मेलनमा पुस १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा समेत जानकारी दिइनेछ।

शनिबार बैठकपछि बाहिरिने क्रममा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता मीन विश्वकर्माले राष्ट्रियसभाका उम्मेदवार छनोटको मापदण्ड तय गरिएको बताएका थिए।

उनका अनुसार महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आगामी माघ ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

१५ पुस, २०८०, ०८:१५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।