कांगेसले तय गर्‍यो राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयन मापदण्ड

कांगेसले तय गर्‍यो राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयन मापदण्ड

काठमाडौं : बिहीबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवार चयनको मापदण्ड तय गरेको छ।

शनिबार सम्पन्न बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मीन विश्वकर्माले बैठकले राष्ट्रिय सभा उम्मेदवार चयनको मापदण्ड तय गरेको जानकारी दिए।

विश्वकर्माका अनुसार बैठकले महासमिति बैठकमा भएको परिमार्जनलाई अनुमोदन गर्ने निर्णय पनि गरेको छ।

साथै ‘समुदायमा कांग्रेस’ भन्ने कार्यक्रमलाई माघ ७ गतेदेखि २२ गतेसम्म सम्पन्न गर्ने निर्णयसमेत गरेको कांग्रेसले अन्य समयसायकि विषयमा समेत छलफल गरेको उनले बताए।

शनिबारको बैठकमा उपसभापति पूर्णबहादुर खड्कासहित महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह-महामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियारले आ-आफ्नो धारणा राखेका थिए।

यसबाहेक ३८ जना केन्द्रीय सदस्यहरूले पनि धारणा राखेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

१४ पुस, २०८०, २१:४४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।