बालकुमारी घट्नामा घाइतेको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारलाई कांग्रेसको माग

बालकुमारी घट्नामा घाइतेको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारलाई कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसले आज ललितपुरको बालकुमारी भएको घटनाको छानबिन गर्न माग गरेको छ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले विज्ञप्ति निकाल्दै ईपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा दुई जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति ध्यानाकर्षण भएको बताए।

विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सत्य-तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ। हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन अपिल गरेको छ।’

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि झडप भएको थियो। झडपले ठूलो रूप लिएपछि प्रहरीले अश्रुग्यास हानेको थियो।

त्यसक्रममा दुई जनाको मृत्यु भएको छ भने केही पक्राउ परेका छन्।

यस्तो छ विज्ञप्ति :

१३ पुस, २०८०, १६:५३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।