भोलि प्रधानमन्त्रीले राष्ट्रका नामका सम्बोधन गर्ने

भोलि प्रधानमन्त्रीले राष्ट्रका नामका सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन उनले सम्बोधन गर्न लागेको हुन्।

सम्बोधनमा प्रधानमन्त्रीले एक वर्षको अवधिमा सरकारले गरेका राम्रा काम‚ गर्न बाँकी काम र आगामी कदमबारे जानकारी गराउने बताइएको छ।

९ पुस, २०८०, १७:१५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।