यसपटक जहाज खरिद गर्दा गल्ती नहोस्, सतप्रतिशत सही र पारदर्शी हुनुपर्छ : प्रधानमन्त्री

यसपटक जहाज खरिद गर्दा गल्ती नहोस्, सतप्रतिशत सही र पारदर्शी हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाज खरिद प्रक्रियामा पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन्।

आज दिउँसो सिंहदरबारमा पर्यटन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त छलफलमा बोल्दै प्रधानमन्त्रीले कुनै पनि प्रकारको त्रुटी र विवाद हुने काम नगर्न निर्देशन दिएका हुन्।

उनले भने, ‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्। जहाज खरिद प्रक्रिया सतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटी नहोउन्।’

उनले पर्यटकका लागि सहज वातावरण बनाउने तिर सोच्न आग्रह गरे। 

८ पुस, २०८०, १५:४७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।