क्रिसमस मनाउन राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा

क्रिसमस मनाउन राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा

काठमाडौँ : क्रिसमस मनाउन मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ। गाउँपालिकाले निकालेको विज्ञप्तिमा इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ।

गाउँपालिकाको विज्ञप्ति अनुसार  आइतबारदेखि मंगलबारसम्म सार्वजनिक बिदा हुनेछ। सो अवधिभर गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, शिक्षण संस्था, सरकारी कार्यालय एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विज्ञप्तिमा गाउँपालिकामा इसाई धर्माबलम्बीहरुको उल्लेख्य बसोबास रहेकोले ३ दिन बिदा दिइएको उल्लेख गरेका छन्।

७ पुस, २०८०, २२:१०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।