खरानी भएर जाने अंगहरू दान गर्दा पुण्य नै हुन्छ : प्रधानमन्त्री

खरानी भएर जाने अंगहरू दान गर्दा पुण्य नै हुन्छ : प्रधानमन्त्री
तस्बिर: प्रधानमन्त्रीको सचिवालय।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अङ्ग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ-आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपिल गरेका छन्।

शनिबार बिहान काठमाडौँमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु। मरेपछि खरानी भएर जाने अङ्गहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउन सक्छन्। योभन्दा पुण्य र धर्मको काम अरू केही हुन सक्दैन भनेर म अपिल गर्न चाहन्छु।’

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री भएको समयमा राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने निर्णय  गरेको समेत स्मरण गरे।

मस्तिष्क मृत्युपछि अङ्गदान गर्ने विषयमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको प्रयास सराहनीय भएको भन्दै उनले आम सर्वसाधारणलाई समेत अङ्गदानको घोषणा गर्न आग्रह गरे।

७ पुस, २०८०, १२:२९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।