फेरि एउटा धक्का दिँदैछु : प्रधानमन्त्री

फेरि एउटा धक्का दिँदैछु : प्रधानमन्त्री
तस्बिर: प्रधानमन्त्रीको सचिवालय।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुँदै गर्दा नयाँ धक्का दिएर दोस्रो वर्षको काम सुरू गर्ने बताएका छन्।

शुक्रबार सुनसरीमा इनरूवा सब-स्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि अर्को क्रम भंग गरेर आफ्नो दोस्रो वर्षको काम सुरू गर्ने बताएका हुन्।

‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर सुरू गर्दैछु,’ म साँच्चै क्रमभंग गर्दैछु,’ उनले भने। प्रधानमन्त्री प्रचण्डले त्यतिबेला पनि आफूले जनताबाट साथ पाउने विश्वास व्यक्त गरे।

६ पुस, २०८०, १२:५९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।