एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा परेको रिटमा सर्वाेच्चद्धारा कारण देखाउ आदेश जारी

एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा परेको रिटमा सर्वाेच्चद्धारा कारण देखाउ आदेश जारी

काठमाडौं : एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा परेको रिटमा सर्वाेच्च अदालतलेले कारण देखाउ आदेश जारी गरेको छ।

मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलको सेयर खरिद–बिक्री शङ्कास्पद भएको दाबीसहित मंसिर २२ मा सर्वोच्चमा रिट दर्ता गराएका थिए। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ठूला करदाता कार्यालय, एनसेल, दूरसञ्चार प्राधिकरण, सञ्चार मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेका थिए।

एनसेलको ८० प्रतिशत सेयर व्यवसायी सतिशलाल आचार्यको स्पेक्ट्रलाइट कम्पनीले मंसिर १५ मा खरिद गरेको थियो।

त्यस्तै, मंगलबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद–बिक्री अस्वाभाविक रहेको बताएका छन्।

उनले एनसेल वैदेशिक लगानी, सेयर खरिद–बिक्री, कर राजस्व, विदेशी मुद्रा सटही समेतलाई प्रमाणको आधारमा कमी कमजोरी सुधार गर्ने र एनसेल सेयर खरिद–बिक्रीमा कानुन विपरीत सेयर खरिद–बिक्री भएको खण्डमा कारबाही गरिने समेत बताएका छन्।

३ पुस, २०८०, १६:०३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।