छोरीको नाम जोडिएपछि प्रधानमन्त्री भन्छन्– यो गणतन्त्रमाथि हमला हो

छोरीको नाम जोडिएपछि प्रधानमन्त्री भन्छन्– यो गणतन्त्रमाथि हमला हो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिद–बिक्री प्रकरणमा आफ्नो र परिवारको नाम जोडेर गणतन्त्रमाथि हमला गरिएको बताएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा एनसेल प्रकरणमा उनको परिवार जोडिएको भन्ने विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्रीले आफूलाई ‘ह्युमिलेट’ गरेर र ‘डिप्रेसन’मा पारेर व्यवस्था उल्टाउन खोजिएको बताए।

‘मसँग जोडेर प्रचार भयो। गिरिजाबाबुले धमिजा काण्डजस्तै प्रचण्डले एनसेलमा ४८० गुणा बढी भ्रष्टाचार गरेको छ भनिएको छ, यो स्थापित हुँदैन,’ उनले भने, ‘मेरो परिवारको सदस्यलाई जोडिएको छ। मेरो परिवार घटेर तीनजनामा छ। एउटा मेयर छ भरतपुरको। अर्को कस्ती छ थाहा छ। यो भनेको गणतन्त्रमाथि हमाला हो।’

‘यसमा जवाफ माग गर्नुभयो, म किन यस्तालाई चलाउँथे र! तपाईंहरूले सोधेको भएर भनेको,’ उनले भने, ‘चिनेजानेको भनेर कसैलाई छाडिन्न।’

३ पुस, २०८०, १५:५३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।