आईपीएल २०२४ मा लागू गरिँदै नयाँ नियम, बलरलाई फाइदा पुग्ने

आईपीएल २०२४ मा लागू गरिँदै नयाँ नियम, बलरलाई फाइदा पुग्ने

काठमाडौं : आगामी वर्ष हुने संसारकै ठूलो क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)मा नयाँ नियम लागू हुने भएको छ।

बलरका लागि फाइदा पुग्ने नियम आगामी संस्करणमा लागू गरिने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ।

उसका अनुसार आईपीएल २०२४ मा बलरले एकै ओभरमा दुई वटा बाउन्सर फाल्न पाइने भएको छ।

अहिलेसम्म बलरले एक ओभरमा एउटा बाउन्सर मात्र बलिङ गर्ने नियम थियो। यदि उसले एक ओभरमा एक भन्दा बढी बाउन्सर बल गरेमा बल ‘नो बल’ हुने नियम छ।

यो नियम खारेज गरी दुईवटा बाउन्सर दिनुपर्ने लामो समयदेखि माग थियो।

यो नियम सैयद मुश्ताक अली टी–२० प्रतियोगितामा प्रयोग भएको थियो र त्यहाँ सफल भएपछि अब आईपीएलमा पनि यो नियम लागू गर्न लागिएको हो।

आईपीएल २०२४ २२ बाट सुरु भई मे महिनाको अन्त्यसम्म चल्ने अपेक्षा छ।

३ पुस, २०८०, ११:३३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।