१२ हजार चार सय १५ विद्यार्थी दीक्षित गराउँदै त्रिविले बनायो अफिसियल विश्व रेकर्ड

१२ हजार चार सय १५ विद्यार्थी दीक्षित गराउँदै त्रिविले बनायो अफिसियल विश्व रेकर्ड

काठमाडौं : एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अफिसियल विश्व रेकर्ड बनाएको छ। सोमबार त्रिविको ४९ औं दीक्षान्त समारोहमा ‘वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयलाई विश्व रेकर्डको प्रमाणपत्र दिएको हो।

त्रिविका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुसालका अनुसार यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए। तर आज त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्।

त्रिविले विश्व रेकर्ड कायम गरेपछि ‘ अफिसियल वर्ल्ड रेकर्ड’ले कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर भुसाललाई विश्व रेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ।

आज भएको उक्त दीक्षान्त समारोह अवलोकन गर्न ‘बुक अफ वर्ल्ड रेकर्ड’का प्रतिनिधि नेपाल आएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने समेत प्रतिबद्धता जनाएका छन्।

२ पुस, २०८०, १७:४३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।