एमालेको ‘संकल्प यात्रा’ आज चिवाभञ्ज्याङमा पुगेर सकिँदै

एमालेको ‘संकल्प यात्रा’ आज चिवाभञ्ज्याङमा पुगेर सकिँदै

काठमाडौं : एमालेले १८ दिन दिनअघि मध्यपहाडी राजमार्गमा सुरू गरेको समृद्धि संकल्प यात्राको अन्तिम दिन आज यात्रा टोली पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुग्दैछ।

शनिबार पाँचथरको फिदिममा बसेको टोली आइतबार बिहान त्यहाँबाट प्रस्थान गर्ने र साँझ फिदिममा नै बास बस्ने कार्यक्रम रहेको कार्यतालिका छ।

कार्यतालिकाअनुसार फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनेछन्।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नाराका साथ मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न मंसिर १४ गतेबाट एमालेले झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सुरू गरेको थियो।

यात्रा टोली सोमबार बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ। पुस ५ गते टोलीले काठमाडौंमा यात्रा समापनको सूचना सम्प्रेषण गर्ने बताइएको छ।

१ पुस, २०८०, ०९:०९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।