भोजपुरमा केपी ओलीलाई कालो झण्डा देखाउने पहिचानवादी पक्राउ

भोजपुरमा केपी ओलीलाई कालो झण्डा देखाउने पहिचानवादी पक्राउ
फाइल फोटो

काठमाडौं : भोजपुर बजारमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ।

एमालेको संकल्प यात्रामा बुधबार भोजपुर पुगेको अध्यक्ष ओलीविरुद्ध नाराबाजी गर्दै पहिचान पक्षधरहरूले कालो झण्डा देखाएका हुन्।

पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन समेत गरेका छन्।

कालो झण्डा देखाउने पहिचान पक्षधर नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनता समाजवाद नेपालका सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मन्जु राई, जिल्ला सदस्य दिनेश रा​​​​ई, धिरज राई, मणी राई, विद्यार्थी नेता धिरेन खिम्बु, तयाबङु राई र विकास रहेका छन्।

२८ मंसिर, २०८०, १२:३७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।