प्रचण्डलाई ज्ञानेन्द्र शाहीले भने- ‘दरबार हत्याकाण्डमा पुर्वराजा दोषी प्रमाणित भए जेल हाल्नुस्’

प्रचण्डलाई ज्ञानेन्द्र शाहीले भने-  ‘दरबार हत्याकाण्डमा पुर्वराजा दोषी प्रमाणित भए जेल हाल्नुस्’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दरबार हत्या काण्डको छानविन गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्न चुनौति दिएका छन्।

राप्रपा कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै शाहीले दरबार हत्याकाण्डमा पुर्वराजा शाह दोषी भए स्विकार गर्ने बताए।

उनले भने,  ‘पुर्वराजालाई दरबार हत्याकाण्डको दोष लगाइरहेका छन्। १६ वर्ष भयो। राष्ट्रपति उहाँहरूकै। सेनाको प्रमुख उहाँहरूकै। प्रहरीको प्रमुख उहाँहरूकै। अदालत उहाँहरूकै। व्यवस्था उहाँहरूकै। तीनपटक प्रचण्ड प्रधानमन्त्री हुने। दुई पटक केपी ओली प्रधानमन्त्री हुने। १६ वर्षदेखि शेरबहादुर देउवा प्रधानमन्त्री भाको-भयैँ छन्। अनि यिनिहरूलाई दरबार हत्याकाण्डको दोषी पत्ता लगाउन कस्ले रोक्यो?’

२५ मंसिर, २०८०, १३:०७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।