राष्ट्रियसभाको भागबन्डा टुंग्याउन गठबन्धनका नेता छलफलमा

राष्ट्रियसभाको भागबन्डा टुंग्याउन गठबन्धनका नेता छलफलमा

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटरमा जारी छ। ​

एनसेल प्रकरण, राष्ट्रियसभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयकलगायत विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डाका बारेमा पनि छलफल हुने छ। एनसेलको शेयर खरिदबिक्री र सुन प्रकरणले सरकार आलोचित भइरहेको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

२५ मंसिर, २०८०, १२:१६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।