धनगढी पुगेर प्रधानमन्त्री दाहालले भेटे विपिन जोशीका आमा-बुवालाई

धनगढी पुगेर प्रधानमन्त्री दाहालले भेटे विपिन जोशीका आमा-बुवालाई
तस्बिर: प्रधानमन्त्रीको सचिवालय।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले विपिन जोशीका आमा-बुवासँग भेटघाट गरेका छन्।

शुक्रबार धनगढी विमानस्थल पुगेका प्रधानमन्त्री दाहालले विपिनका आमा-बुवासँग भेटेर कुराकानी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ का विपिन पढ्न इजराइल गएका थिए। इजराइलमाथि आक्रमण हुँदा जोशीलाई हमासले नियन्त्रणमा लिएको थियो।

छोरालाई स्वदेश फर्काउन पहल गरिदिन विपिनका आमा-बुवाले प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन्। जवाफमा प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट विपिनको रिहाइका लागि पहल भइरहेको बताएका थिए।

२२ मंसिर, २०८०, १२:०४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।