छठका व्रतालु लागि यसरी सिँगारिँदै छ नदी र ताल

छठका व्रतालु लागि यसरी सिँगारिँदै छ नदी र ताल
तस्बिर : नेपालन्युज बैंक

काठमाडौँ : सूर्यको उपासना गरिने महत्त्वपूर्ण धार्मिक पर्व छठ नजिकिएसँगै खोला अनि तलाउ छेउ व्रतालुलाई राख्न पालहरू बनाउनेक्रम बढेको छ।

शुक्रवारबाट छठ पर्वको विधिवत् सुरुवात भएसँगै नदी अति ताल सिंगार्नेक्रम सुरु भइसक्यो। चार दिनसम्म कडा नियम र निष्ठापूर्वक मनाइने यो पर्वका लागि मधेसका नदी र ताल सिँगार्न सुरु भइसक्यो। काठमाडौँको बागमती किनारमा पनि पन्डाल बनाउने काम सुरु भइसक्यो।

छठको पहिलो दिन शुक्रवार नहाय खायसँगै छठ सुरु भइसक्यो। व्रतालुले आज स्नान गरेर अरबा अरबाईन भोजन गर्छन्।

चार दिन सम्म विधि पूर्वक मनाइने छठमा परिवार एवं सन्तानको सुख समृद्धिको कामना गरिन्छ। श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन भोलि (शनिवार) व्रतालुले खरना गर्दछन्।

खरनाका दिन राति गाईको गोबरले घर लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सजाएर व्रतालु दिनभर उपवास बस्ने गर्छन्।

बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर,चामल र दूध मिसाएर खीर पकाई केराको पातमा राखेर छठिमातालाई चढाउने गरिन्छ।

खीर चढाइसकेपछि व्रतालुले प्रसादका रूपमा परिवारसँगै ग्रहण गर्ने गर्छन्। त्यसलाई नै खरना भनिन्छ।

जनकपुरको गंगासारमा छठको तयारी।तेस्रो दिन (आइतबार) छठ पर्वको मुख्य दिन हो। उक्त दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा गरिन्छ। चौथो दिन (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ। आइतबार छठको मुख्य दिन सरकारले सार्वजनिक बिदासमेत दिएको छ।

१ मंसिर, २०८०, १७:२२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।