दार्चुलामा गाउँपालिका अध्यक्ष सवार जीप दुर्घटना हुँदा चालक गम्भीर घाइते

दार्चुलामा गाउँपालिका अध्यक्ष सवार जीप दुर्घटना हुँदा चालक गम्भीर घाइते
सांकेतिक तस्बिर ।

धनगढी : दार्चुलामा एक गाँउपालिका अध्यक्ष सवार जीप दुर्घटना हुँदा चालक गम्भिर घाइते भएका छन्।

नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार गाउँपालिकाको जीप दुर्घटनामा परेको दार्चुला प्रहरीले जनाएको छ। 

नौगाड गाउँपालिका-२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश न ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड गाउँपालिका-३ बगड जामिरमा दिउसो साढे १२ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको बताइएको छ।

घाइते दुबैलाई उपचारका लागि धनगढी ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

३० कात्तिक, २०८०, १४:५१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।