अछाममा जुवाखालबाट १६ जुवाडे  नगदसहित पक्राउ

अछाममा जुवाखालबाट १६ जुवाडे  नगदसहित पक्राउ

धनगढी : अछाममा जुवा खेलिरहेको अवस्थामा १६ जना जुवाडे नगदसहित पक्राउ परेका छन्।

जिल्लाको ओलीगाउँ र विनायकबाट जुवाखालबाट नगद ८६ हजार  आठ सय ९० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

मंगलसेन नगरपालिका-९ का कमल रावलको घरमा जुवा खेलिरहेको अवस्थामा गएराति १ बजे ७ जनालाई नियन्त्रणमा लिइएको थियो। उनीहरूबाट नगद ५० हजार ७९० रुपैयाँ बरामद गरिएको थियो।

पक्राउ पर्नेहरूमा घरधनी रावलसहित स्थानीय राजेन्द्र रावल, हिक्मत रावल, कमानसिंह ओड, प्रकाश रावल, केशर रावल र एकराज रावल रहेका छन्।

यसैगरी, अछामकै पञ्चदेवल विनायक नगरपालिका-३ कागतोला बस्ने बलबहादुर शाहीको घरमा लुकिछिपी जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्।

उनीहरूको साथबाट ३६ हजार एक सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

२८ कात्तिक, २०८०, १४:४९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।