भूकम्पपीडितका लागि कांग्रेसले सरकारलाई दियो ५० लाख

भूकम्पपीडितका लागि कांग्रेसले सरकारलाई दियो ५० लाख

काठमाडौं : जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ सहयोग गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लागयत नेताहरूले ५० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरे।

उनीहरूले दिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ।

चेक हस्तान्तरणमा देउवासहित महामन्त्रीद्वय विश्वकप्रकाश शर्मा र गगन थापा, पार्टी प्रवक्ता मीनबहादुर विश्वकर्मा लगायतका नेताहरू सहभागी थिए।

गत शुक्रबार गएको भूकम्पमा कारण अहिलेसम्म १५३ जनाको मृत्यु भइसकेको छ।

२१ कात्तिक, २०८०, १०:२६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।