नेपाल टी २० विश्वकपमा पुग्दाको 'शानदार, जवर्जस्त, जिन्दाबाद' देखाउने १० दृश्य

नेपाल टी २० विश्वकपमा पुग्दाको 'शानदार, जवर्जस्त, जिन्दाबाद' देखाउने १० दृश्य
सबै तस्बिर : क्यान

काठमाडौँ : बिहीबार ओमानसँगको प्रतिस्पर्धात्मक खेल गुमाएर नेपाली क्रिकेट प्रेमीहरूको धड्कन बढाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रवार पनि उस्तैगरी धड्कन बढायो। तर बिहीबारको धड्कनको गतिको कारण नकारात्मक थियो भने शुक्रवारको सकारात्मक।

बिहीबार ब्याटिङ लय गुमाउँदा खेल हारेको टिमले प्रशिक्षक मोन्टी देशाइले भने जस्तै बाँकी समयको सदुपयोग गर्दै शुक्रवार ब्याटिङमा मात्रै हैन बलिङमा पनि कमब्याक गरेर युएइलाई पराजित गर्दै विश्वकपमा पुग्यो।

मूलपानी क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा बलिङ गर्दा होस् या ब्याटिङ गर्दा, दर्शकहरूको भव्य साथ पायो नेपाली टिमले। मैदानका कारण थोरै क्रिकेट प्रेमीले मात्र टिकट पाए। जसले टिकट नपाएर मैदान छिर्न पाएनन् उनीहरू वरपरको घरको छतमा बसेर नेपाली टिमको हौसला बढाइरहेका थिए।

नेपाली टिमको खेल अनि दर्शकको हौसला शानदार, जवर्जस्त अनि जिन्दाबाद भन्न लायकै थियो। 

१७ कात्तिक, २०८०, १५:१३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।