‘पेन डाउन’ गरेका स्थानिय तह कर्मचारी काममा फर्किए, सरकारसँग १९ बुँदे सहमति (पूर्णपाठसहित)

‘पेन डाउन’ गरेका स्थानिय तह कर्मचारी काममा फर्किए, सरकारसँग १९ बुँदे सहमति (पूर्णपाठसहित)
फाईल फोटो

काठमाडौं : संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गरिनु पर्ने लगायत माग राखेर गत असोज १९ गतेदेखि आन्दोलनरत स्थानिय तह कर्मचारी र सरकारबीच अन्ततः सहमति भएको छ। 

विभिन्न मागहरु राखेर काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका कर्मचारीहरुले असोज २२ गतेदेखि ‘पेन डाउन’ गरेका थिए। 

कर्मचारीहरुले आन्दोलन चर्काएपछि सरकारले उनीहरुसँग वार्ता गर्न ४ सदस्यीय वार्ता टोली गठन गरेको थियो।  

स्थानिय तह कमृचारी र गठित वार्ता टोलीबीच बिहिबार राति १९ बँदे सहमति भएसँगै उनीहरु आइतबारदेखि काममा फर्किएका छन्। 

बिहीबार, शुक्रवार र शनिबारको निरन्तर वार्तापछि बल्ल सहमति जुटेको हाे। 

सहमतिमा तहगत सरुवा प्रणाली, ट्रेड युनियन अधिकार, प्रदेशले निर्माण गर्ने कानुनमा स्थानीय कर्मचारीको साटो प्रदेशको निजामती कर्मचारी, पाँच वर्षमा बढुवा हुने व्यवस्था गर्ने सहमति भएको संघर्ष समितिका महासचिव विजय देवकोटाले बताए।

सहमतिको पूर्णपाठ : 


 

२८ असोज, २०८०, ११:५५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।