इजरायलमा बस्ने नेपालीहरूका लागि दूतावासले जारी गर्‍यो यस्तो अपील

इजरायलमा बस्ने नेपालीहरूका लागि दूतावासले जारी गर्‍यो यस्तो अपील

काठमाडौं : इजरायलमा हमासले गरेको आक्रमणपछि नेपालले आफ्ना नागरिकका लागि अपिल जारी गरेको छ।

तेल अवीवस्थित नेपाली दुतावासले एक विज्ञप्ति जारी गर्दै इजरायलको वर्तमान अवस्थालाई ध्यानमा राख्दै इजरायलमा बसोबास गर्नेहरूलाई सतर्क रहन र स्थानीय प्रशासनले दिएको निर्देशन पालना गर्न अनुरोध गरेको छ।

दूतावासले इजरायलमा रहेका नेपाली नागरिकहरूलाई विना कारण बाहिर ननिस्कन र सुरक्षित स्थान नजिकै बस्न आग्रह गरेको छ।

साथै, अप्ठ्यारोमा परेका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि दूतावासले इजरायलस्थित सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको समेत दूतावासले जनाएको छ।

दूतावासले आफ्नो फेसबुक पेजमा प्रथम सचिव अर्जुन घिमिरे र सहचारी संजयकुमार साहको नम्बर राखेर अप्ठ्यारो परे सम्पर्क गर्न भनेको छ।

१. अर्जुन घिमिरे, प्रथम सचिव – ०५२८२८९३००
२.संजयकुमार साह, सहचारी – ०५४-५५८२०७७

इजरायलमा ४५ सय नेपाली बसोबास गर्छन्।

सम्बन्धित समाचारहरू:-

२० असोज, २०८०, २०:१८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।