एमाले कर्णालीमा गुलाबजङ्ग शाहको प्यानलै विजयी

एमाले कर्णालीमा गुलाबजङ्ग शाहको प्यानलै विजयी

सुर्खेत : एमाले कर्णाली प्रदेश कमिटीमा गुलाबजङ्ग शाहको प्यानलै विजयी भएको छ। अध्यक्षमा शाहले तीन सय ६९ मत ल्याएर विजयी भए।

उनका प्रतिस्पर्धी मीनबहादुर शाहीले दुई सय सात मत मात्र पाए। अध्यक्षका प्रत्याशी प्रकाश रोकायले भने मात्र चार मत प्राप्त गर्नुभयो।

उपाध्यक्षमा टेकराज पछाई दुई सय ६२ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी लालबहादुर महताराले एक सय ७६ मत प्राप्त गरे।

त्यस्तै, प्रदेश कमिटी सचिवमा चार सय छ मत प्राप्त गरी ध्रुवकुमार शाही विजय भए। उनका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गरे।

उपसचिवमा रवीन्द्रराज शर्माले तीन सय मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी रमेश शाहीले दुई सय ६६ मत पाए। विजयी शर्मा र शाही गुलाबजङ्गकै प्यानलका हुन्।

महिला उपसचिवमा पद्मा खड्काले एक सय ५२ मत प्राप्त गरी विजयी हुनुभयो भने उनका प्रतिस्पर्धी मेनका पछाईले ९६ मत प्राप्त गरे। उपसचिवमा नौ उम्मेदवारहरू चुनावमा भाग लिएका थिए।

प्रदेश कमिटीको प्रथम अधिवेशनमा जम्मा छ सय चार मत खसेको पाँच सय ८० मत सदर र २४ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ।

सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन भएको थियो। आइतबार भएको मतदानमा कुल ६१६ मतदातामध्ये ६०४ मत खसेको थियो।

खसेको कुलमत मध्ये ९ म बदर भएको छ भने ५९५ मत सदर भएको हो। पदाधिकारीको मतगणना सकिए पनि सदस्यहरूको मतगणना मंगलबार गरिने निर्वाचन कमिटीले जनाएको छ।

१३५ सदस्यीय प्रदेश कमिटीमध्ये ४४ जना सदस्यहरू सर्वसम्मत निर्वाचित हुँदा ८६ मतमा मतदान भएको थियो।

असोज १५, २०८० सोमबार २१:५९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।