माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरुकाे आन्दोलन आज पनि जारी

माग सम्बोधन नभएको भन्दै राहत  शिक्षकहरुकाे आन्दोलन आज पनि जारी

काठमाडौं : सदनमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षकहरु आज पनि आन्दोलित भएका छन्। 

सरकार र नेपाल  शिक्षक महासंघबीच गत शुक्रबार ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग सम्बोधन नगरेको भन्दै राहत शिक्षकहरुले सडक आन्दोलनलाई निरन्तरता दिएका हुन्। 

काठमाडौंको माइतीघर मण्डलामा नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरु आन्दोलित भएका छन्। 

पुरै सडक ढाँकेर शिक्षकहरु आनदोलनमा उत्रिदा माइतीघर नयाँबानेश्वर सडकखण्डमा सवारी आवागमन समेत प्रभावित भएको छ। 

१० असोज, २०८०, १२:४३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।