प्रदेश विश्वविद्यालय स्थापनाका लागि बागमती प्रदेशले माग्यो आवेदन

प्रदेश विश्वविद्यालय स्थापनाका लागि बागमती प्रदेशले माग्यो आवेदन

मकवानपुर : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन गर्दै प्रदेश विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको छ। 

प्रदेश सरकारको मातहत रहने गरी प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको हो।

सामाजिक विकास मन्त्रालयले सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि मापदण्ड पुगेका शैक्षिक संस्थाहरूबाट आवेदन पेस गर्न सूचना जारी गरिसकेको छ। 

मन्त्रालयका सचिव भीष्मकुमार भुसालका अनुसार ऐनको कार्यान्वयन गर्दै विश्वविद्यालयका लागि आवेदन माग भएको र सो विषयमा सार्वजनिक, निजी जुनसुकै प्रकृतिका शैक्षिक संस्थाहरूले निवेदन दिन सक्नेछन्।

ऐन जारी भएको डेढ वर्षपछि सरकारले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउँदै आवेदन माग गरेको हो।

यसअघि प्रदेश सरकारले हेटौंडामा नै प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल अघि बढाइसकेको छ।

९ असोज, २०८०, १३:५४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।