उकेरा टप फाइभ : सुर्खेतकी निशाको याचनादेखि एमाले अधिवेशनमा ओलीको धम्कीसम्म

उकेरा टप फाइभ : सुर्खेतकी निशाको याचनादेखि एमाले अधिवेशनमा ओलीको धम्कीसम्म

काठमाडौं : सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली टोली र चिनियाँ समकक्षीको टोलीबीच १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भयो। त्यसलगत्तै बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षण गर्दै प्रधानमन्त्री दाहालले नेपाललाई डिजिटल बनाउने सपना देखेको बताए।

असोज ४ गतेबाट बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि बस्यो। बैठकले आगामी मंसिरमा गर्ने महासमिति बैठकलाई नीति महाधिवेशनका रुपमा अघि बढाउने निर्णय गर्यो। बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति गठन गर्यो।

यस्तै, सोमबार नै एमालेको बागमती प्रदेश अधिवेशन सुरु भयो।  पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्दै प्यानल बनाएर चुनाव लडे उम्मेदवारी नै खारेज हुनसक्ने चेतावनी दिए। चुनावमात्रै लोकतन्त्रको अभ्यास नभई मिल्नुपनि लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बिहान नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको समाचार लेख्यो। समाचारमा नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको उल्लेख छ।
पूरा समाचारः नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर, के-के भए सहमति?

दिउँसो उकेराले आफ्नो नियमित स्तम्भ भुइँ मान्छे प्रकाशित गर्यो। जसमा पाँच वर्ष विदेशमा बसेर त्यसपछि नेपालमै खाजाघर सञ्चालन गरिरहेका कालीमाटीका राजेन्द्र श्रेष्ठको अनुभव समेटिएको छ। आमाबुवाले गरिरहेको कामलाई आफूले निरन्तरता दिएको र यसैले अहिलेसम्म परिवार धानिरहेको बताए।
पूरा समाचारः कालीमाटीका ‘राजेन्द्र साहुजी’, जसलाई बिहे गरेपछि विदेश जानै मन लागेन

दिउँसो नै उकेराले भेरीगंगा नगरपालिका–१० मदानेचौरकी २४ वर्षीया मृगौलापीडित निसा रायको रकम अभावमा उपचार गर्न नपाएको समाचार लेख्यो। समाचारमा एक वर्षदेखि मृगौला ड्यामेज भएर पनि पैसाकै अभावमा घरमै थलिएर बस्नुपरेको विषय उल्लेख छ।
पूरा समाचारः २४ वर्षीया मृगौलापीडित निसाको याचना- ‘परिवारले हेर्दैनन्, माइती छैनन्, उपचार पाए बाँच्थे कि!’

यस्तै साँझ उकेराले कैलाश मानसरोवर यात्राको छैटौं भाग प्रस्तुत गर्यो। जसमा स्तम्भकारले मानसरोवर र राक्षस ताल पुगेको उल्लेख गरेका छन्। त्यहाँ पुगेपछि भारतीय सद्गुरुको टिमले एक गिलास पानी माग्दा भोगेको दुर्व्यवहारसमेत स्तम्भकारले ब्लगमा समेटेका छन्।
पूरा समाचारः कैलाश मानसरोवर यात्रा–६ः सद्गुरुको चेलोले एक गिलास तातो पानी पनि थाप्न दिएनन्, अब मानसरोवरमा तिर्थालु के कुट्नु!

राति उकेराले एमालेको प्रदेश अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति र अधिवेशन क्षेत्रमा अग्रज नेताभन्दा ओलीलाई बढी महत्व दिइएकोबारे टिप्पणी लेख्यो। जसमा ओलीले कार्यकर्तालाई धम्की दिएर प्यानल बनाउन नदिएको विषय समेटिएको छ।
पूरा समाचारः कार्यकर्ता धम्क्याएर लोकतान्त्रिक पार्टीको धक्कु

असोज ८, २०८० सोमबार २२:१०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।