शिक्षा विधेयकको विरोधमा राहत शिक्षकहरु सडकमा लम्पसार

शिक्षा विधेयकको विरोधमा राहत शिक्षकहरु सडकमा लम्पसार

काठमाडौं : सदनमा दर्ता गरिएको बिद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षकहरुले आन्दोलन आज पनि जारी राखेका छन्। 

हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज (सोमबार)सडकमै लम्पसार सुतेर आन्दोलन गरिरहेका छन्।

गत शुक्रबार नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो। उक्त सम्झौतामा आफूहरूले उठान गरेका मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए।

राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाइरहेकाे बताएका छन्। 

नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह-अध्यक्ष नबिनसिंह धामीले आज सडकमा लम्पसार सुतेर विरोध जनाइरहेको बताए।
 

८ असोज, २०८०, १२:५५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।