तत्काल पठनपाठन सञ्चालन गर्न शिक्षकलाई काभ्रेका स्थानीय सरकारको निर्देशन

तत्काल पठनपाठन सञ्चालन गर्न शिक्षकलाई काभ्रेका स्थानीय सरकारको निर्देशन

काभ्रे : काभ्रेका स्थानीय तह प्रमुखहरूले तत्काल विद्यालयको पठनपाठन सञ्चालन गर्न निर्देशन दिएका छन्। 

आज शुक्रबार धुलिखेलमा भएको स्थानीय तहको प्रमुख तथा उपप्रमुखहरूको संयुक्त बैठकले विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा उत्रिंदा विद्यार्थीको पढ्न पाउँने अधिकार हनन भएको भन्दै उक्त निर्देशन दिएका हुन्। 

नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको संयोजकत्वमा बसेको बैठकले एक विज्ञप्ति जारी गर्दै शिक्षक आन्दाोलित हुँदा बालबालिकाहरु विद्यालय जाने अधिकारबाट वञ्चित हुन पुगी शिक्षामा ठूलो असर पुगेको जनाएको छ।

यदि तत्काल विद्यालय सञ्चालन नगरेमा स्थानीय सरकारले संविधानमा रहेका संवैधानिक व्यवस्थाअनुसार पठनपाठन सञ्चालन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्। 

५ असोज, २०८०, १४:४२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।