उकेरा टप फाइभ : एसिया कपमा कोहलीले मेडल मागेकोदेखि लुम्बिनीमा ओलीले नचाहेको नेतृत्व चुनिएकोसम्मको प्रसङ्ग

उकेरा टप फाइभ : एसिया कपमा कोहलीले मेडल मागेकोदेखि लुम्बिनीमा ओलीले नचाहेको नेतृत्व चुनिएकोसम्मको प्रसङ्ग

काठमाडौं : बुधबार श्रीकृष्ण जन्माष्टमी मनाइयो। देशभरका कृष्ण मन्दिरमा दर्शनार्थीको घुँइचो लाग्यो।

यसैदिन नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि रिपोर्टस क्बलमा खुकुरी प्रहार भयो। उनको वीर अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ भने खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परे।

बुधबार नै एसिया कप खेलेर नेपाली टोली स्वेदश फर्कियो। नेपाल फर्किएलगत्तै टोलीका कप्तान रोहित पौडेलले खेलाडी र भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह गरे।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बुधबार एसिया कप खेलेर नेपाल फर्किएका राष्ट्रिय क्रिकेट टोलीका सदस्यबारे समाचार लेख्यो। समाचारमा भारतीय क्रिकेटर विराट कोहली र आशिफ शेखबीचको मेडल संवादबारे विषय उल्लेख छ।
पूरा समाचारः आशिफ-कोहली संवादः कोहलीले भने, ‘एउटा मेडल मलाई पनि लगाइदिनुस् किनकी...’

दिउँसो उकेराले सुर्खेत प्रहरीमा विगत चार वर्षदेखि मानव बेचविखन र ओसारपसारका सात वटा मात्र मुद्दा दर्ता भएको समाचार लेख्यो। यो तथ्याङ्कले मानव बेचबिखनका मुद्दा प्रहरीसामु आउन नसकेको प्रष्ट देख्न सकिन्छ।
पूरा समाचारः मानव बेचबिखन तथा ओसारपसारबारे चार वर्षमा सात मुद्दा दर्ता, प्रहरीसम्म किन पुग्दैनन् पीडित?

उकेराले साँझपख एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको नेतृत्व चयन मतदानबाट टुंगिएसँगै प्रदेशमा स्पष्ट दुई धार देखिएको समाचार लेख्यो।
पूरा समाचारः एमाले लुम्बिनी अधिवेशनः ओलीले ‘चिर्कटो’ थमाइदिए, पद्माले टेर्दै टेरिनन्

साँझपख नै उकेराले नेपाल नागरिक उड्डयन प्राधिकरणले ऐनको बर्खिलाप हुने गरी निर्देशिका संशोधन गरेको समाचार लेख्यो। भदौ १४ गते प्राधिकरणले संशोधन गरेको वायुसेवा सञ्चालन प्रमाणपत्र निर्देशिका ९एओसीआर० ‘नेपाल वायुसेवा ऐन २०१९’को बर्खिलापमा संशोधन गरेको देखिएको हो।
पूरा समाचारः सरकारलाई नै तल पार्नेगरी प्राधिकरणको निर्देशिका संशोधन, नेपाल एयरलाइन्सको प्रमुख नियुक्ति गर्दा अब प्राधिकरणको स्वीकृत लिनुपर्ने!

राति उकेराले सुर्खेतकी एक युवतीको दर्दनाथ अनुभव लेख्यो। तीन वर्षको उमेरमा छारेरोग लागेपछि उनलाई आफन्त र समाजले हेलाँ गरेको र सात वर्षदेखि आश्रयविहीन भएकी छन्।
पूरा समाचारः रोग लागेपछि आफन्त र समाजले नपत्याएकी २२ वर्षीया संगीता, जो सात वर्षदेखि आश्रयविहीन छिन्

२० भदौ, २०८०, २२:३३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।