प्रदेश राजधानीको बिषय छिट्टै टुङ्ग्याछौँ : मुख्यमन्त्री शाह

प्रदेश राजधानीको बिषय छिट्टै टुङ्ग्याछौँ  : मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको राजधानीबारे छिट्टै टुंगोमा पुग्ने बताएका छन्।

बुधबार डडेलधुरामा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले प्रदेशको राजधानी गोदावरी हुने कि नहुनबारे चाँडै टुंग्याउने बताएका हुन्।

प्रदेशको राजधानीका सम्बन्धमा गठबन्धनका दलहरूबीचमा छलफल थालेको उनको भनाई थियो।

‘मैले गठबन्धनका दलहरूबीचमा छलफल सुरु गरिसकेको छ। गोदावरीमा राजधानी बनाउने दुई तिहाइको निर्णय पनि हो। विभिन्न कारणले त्यहाँ राजधानी बनाउने काम अघि बढ्न सकेको छैन,’ मुख्यमन्त्री शाहले भने, ‘अब हामी वन मन्त्रालयदेखि सरोकारवाला मन्त्रालयलसँग अनुमति लिएर राजधानी बनाउने प्रक्रियामा अगाडि बढ्छौँ।’

तत्कालीन नेकपा सरकारको पालामा १२ असोज २०७५ मा प्रदेशसभाले सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ मा पर्ने चुरेफेदीदेखि तेघरीको भावरसम्मको क्षेत्रमा बनाउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन।

२० भदौ, २०८०, १३:०५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।