अब विद्यार्थीले पाँच वर्षसम्ममा शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउन पाउने

अब विद्यार्थीले पाँच वर्षसम्ममा शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउन पाउने

काठमाडौं ; अब विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्षसम्ममा सच्याउन पाउने भएका छन्। 

‘उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियमावली २०८०’ बुधबार बसेको मन्त्रिपरिषद्ले पारित गरेसंगै शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि प्रमाणपत्र लिएको पाँच बर्षसम्म सच्याउन पाइने भएको हो।

यो नियमावली पारित भएसँगै विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि सच्याउन पाउने समयावधि साढे चार वर्ष थप भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए। 

यसअघि विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्र पाएको मितिले ६ महिनाभित्र मात्रै नाम, जात र उमेर सच्याउनको लागि दरखास्त दिन पाउने व्यवस्था थियो। 

अब विद्यार्थीले पाँच वर्षभित्र शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउनको लागि दरखास्त दिन पाउने छन्। 

यसअघिका विद्यार्थीलेसमेत यो उपनियम प्रारम्भ भएको मितिले १ वर्षभित्र शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउनको लागि दरखास्त दिन पाउने व्यवस्थासमेत गृह मन्त्रालयले गरेको छ।

७ भदौ, २०८०, १२:५९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।