१० हजार घुस लिएको आरोपमा सिरहा नापी कार्यालयका अमिन पक्राउ

१० हजार घुस लिएको आरोपमा सिरहा नापी कार्यालयका अमिन पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा नापी कार्यालयका अमिन दिपरन्जन यादवलाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले यादवलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

बुधबार पक्राउ गरेका उनको विषयमा आयोगले थप अनुसन्धान गरिरहेको छ।

६ भदौ, २०८०, १६:२१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।