एक लाख घुससहित पक्राउ परेका लहानका लेखा अधिकृत पोखरेलमाथि भ्रष्टाचार मुद्दा दायर

एक लाख घुससहित पक्राउ परेका लहानका लेखा अधिकृत पोखरेलमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत पदम विनोद भन्ने पद्म विनोद पोखरेलमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा असार २६ गते पक्राउ परेका पोखरेलमाथि मुद्दा दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

दाहालका अनुसार आयोगले गरेको अनुसन्धानमा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा एक लाख रूपैयाँ बिगो कायम गरी कैद सजाय गरेर सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानासमेत गर्न मुद्दामा माग गरिएको छ।

३२ साउन, २०८०, १८:३४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।