फोनमा किशोरीलाई जिस्काएपछि झडप, चिर्पटले हिर्काएर हत्या

फोनमा किशोरीलाई जिस्काएपछि झडप, चिर्पटले हिर्काएर हत्या

पर्सा : १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा पर्सागढी नगरपालिका-४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको छ।

उक्त कुटपिट तथा झैँझगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। 

उक्त विषयमा वकिल महमद अन्सारी र अली महमद अन्सारीबीच शनिबार राति झैँझगडा तथा कुटपिट भएको अवस्थामा अबतुल्लाह मिया अन्सारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको नारायणी अस्पताल वीरगन्ज हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो। 

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान भइरहेको जनाएको छ। 

२४ साउन, २०८०, १५:१९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।