संखुवासभा कारागारमा झडपमा परी २ जनाको मृत्यु

संखुवासभा कारागारमा झडपमा परी २ जनाको मृत्यु

संखुवासभा : संखुवासभा कारागारमा झडप हुँदा दुई कैदीबन्दीको मृत्यु भएको छ।

मृत्यु हुनेमा नुवाकोटको ककनी-७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका विनोद तोलांगी रहेका छन्। 

आज बिहान कारागारभित्र झडप हुँदा उनीहरू घाइते भएका र अस्पताल लैजाने क्रममा बाटोमै उनीहरूको मृत्यु भएको हो। 

विनोदलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजाय तोकिएको थियो भने आकाश चोरी मुद्दामा तीन वर्षका लागि जेल परेका थिए। 

बिहान करिब दुई बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले उनीहरू बाहिर निस्किएका थिए। ड्युटीमा खटिएका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए। 

उनीहरूलाई फेरि जेलमा राखिएको थियो। तर बिहान ५ बजे उनीहरू घाइते अवस्थामा फेला परेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

२४ साउन, २०८०, १२:०१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।