कोभिड-१९ जनचेतना कार्यक्रममा १ लाख २५ हजार घुस लिएको आरोपमा लेखापालविरुद्ध मुद्दा दायर

कोभिड-१९ जनचेतना कार्यक्रममा १ लाख २५ हजार घुस लिएको आरोपमा लेखापालविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गाउँपालिकाको वडा नम्बर ५ मा सञ्चालन भएको कोभिड-१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आयोगको अनुसन्धानम पुष्टि भएपछि सोमबार मुद्दा दायर भएको हो।

घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले राउतलाई सेवाग्राहीबाट एक लाख २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा मिति असार २० गते पक्राउ गरेको थियो।

राउतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो 1 लाख 25 हजार कायम गरी उपदफा (१) देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
 

१५ साउन, २०८०, १८:०८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।