मधेस प्रदेशमा जनमत पार्टीका दुई मन्त्रीले दिए राजीनामा

मधेस प्रदेशमा जनमत पार्टीका दुई मन्त्रीले दिए राजीनामा

धनुषा : मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन्। प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले सोमबार मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन्।

उनीहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी भएका थिए। जनमत पार्टीका नेता विपी साहका अनुसार दुवै मन्त्रीले पार्टीको निर्देशनअनुसार नै राजीनामा बुझाएका हुन्।

यसअघि मन्त्री कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी गत जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई दिएका थिए। त्यसयता कुशवाहा विना विभागीय मन्त्रीको हैसियतमा रहेका थिए।

१५ साउन, २०८०, १३:४८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।