नाउपा र सद्भावनाबीच एकता, मधेशवादी दलले आफूलाई धोखा दिएको रेशमको आरोप

नाउपा र सद्भावनाबीच एकता, मधेशवादी दलले आफूलाई धोखा दिएको रेशमको आरोप

जनकपुरधाम : नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीले एकता गरेका छन्। 

आइतबार जनकपुरधाममा एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशम चौधरीले मधेसवादी दलहरूले आफूलाई धोखा दिएको आरोप पनि लगाए। 

मधेसवादी नेताहरूले आफूलाई जनकपुरधाममा प्रतिबन्ध लगाउन खोजेको उनको आरोप थियो। चौधरीले मधेस आन्दोलनकै कारण आफू जेल बसेको बताएका थिए। 

एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारू पनि उपस्थित थिए। 

सरिता गिरी अध्यक्ष रहेको सद्भावना पार्टीले पछिल्लो पटक २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भाग लिएको थियो। 'हात' चुनाव चिह्न लिएर सद्भावना चुनावमा होमिएको थियो। 

१४ साउन, २०८०, १६:५४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।