गोरखापत्रमा कार्यरत १२ जना पत्रकारको करार नियुक्ति खारेज गर्न सतर्कता केन्द्रको निर्देशन

गोरखापत्रमा कार्यरत १२ जना पत्रकारको करार नियुक्ति खारेज गर्न सतर्कता केन्द्रको निर्देशन

काठमाडौँ : गोरखापत्र संस्थानमा करारमा नियुक्त गरिएका १२ जनाको नियुक्ति खारेज गर्न राष्ट्रिय सतर्कता केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। 

संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले नियमविपरीत १२ जना पत्रकारलाई नियुक्ति दिएको केन्द्रको ठहर छ। 

केन्द्रले दिएको निर्देशानअनुसारको पत्रमा दिनेश लुइँटेल, विनोद नेउपाने,सूर्यप्रसाद पाण्डे, अशोक अधिकारी, मित्रलाल भण्डारी, लोक बहादुर कटुवाल, श्रीजना खत्री, गोविन्द रेग्मी, सनम महर्जन, रविराज बराल, युवराज खतिवडा र ध्रुवकुमार सिंह रहेका छन्।

साउन ४ गते केन्द्रले काटेको पत्रमा गोरखापत्र कर्मचारी सेवा ऐन २०५२ को विनियम ४१ बमोजिम नदिखिएको जनाइएको हो। १२ जना पत्रकारविरुद्ध २०७८ कार्तिक ३० गते केन्द्रमा उजुरी परेको थियो।

न्यूनतम् प्रक्रिया पनि पूरा नगरी ठाडो तोक आदेशको आधारमा उनीहरूलाई सुवेदीले करारमा नियुक्त गरेको भन्दै छानबिन गरिपाऊँ भन्दै उजुरी परेको थियो।

साथै कार्यकारी अध्यक्ष सुवेदीलाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्न पनि पत्रमा निर्देशन दिइएको छ। 

१० साउन, २०८०, ०९:४२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।