पोखरेललाई हटाएर टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी

पोखरेललाई हटाएर टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी

काठमाडौँ : सरकारले त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी अर्थमन्त्रालयका सहसचिव टोकराज पाण्डेलाई दिएको छ। 

एक क्विन्टल सुन तस्करी प्रकरणपछि अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो। पाण्डे आइतबार मात्र राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए। 

गत मंगलबर त्रिभुवन विमानस्थल बाहिरबाट सुन समातिँदा पोखरेल बिदामा थिए। पोखरेल असार १७ गतेदेखि नै बिदा बसेका थिए। भन्सार विभागका अनुसार उनले दुई महिना लामो बिदा लिएका थिए। 

गएको पुसमा विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि पनि उनी बिदामा बसेका थिए। 

पोखरेल बिदामा रहेका बेला विमानस्थलबाट बाहिरिसकेको सुन सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो।

९ साउन, २०८०, १५:२८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।