आरजुलाई गगनको जवाफ : एनजिओमा काम नगरेकाले अनुभव छैन

आरजुलाई गगनको जवाफ : एनजिओमा काम नगरेकाले अनुभव छैन

काठमाडौँ : नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य आरजु राणाले महामन्त्रीको १० बुँदे प्रस्तावलाई एनजिओको कार्यक्रम जस्तो भनेर आलोचना गरेकी थिइन्।

सोमबार बैठकमा बोल्दै गगनले पार्टीका सबै संयन्त्र र आबद्ध रहेकाहरूलाई सक्रिय गराउन कार्यक्रमको खाका बनाएको भन्दै भने' केहीले एनजिओको कार्यक्रम जस्तो भन्नुभयो। तर एनजिओमा काम नगरेकोले त्यो अनुभव मसँग छैन।'

बैठकमा उनले पार्टीको नेतृत्व परिवर्तन कुनै व्यक्तिगत प्रतिस्पर्धा नभएको र यो परिवर्तनको माग भएको बताए। उनले वर्तमान पार्टी सभापति शेरबहादुर देउवा आफ्नो बाबु समान सम्मानित रहेको र सम्मान गर्ने गरेको बताउँदै उनले पार्टी नेतृत्व बदल्ने विषयलाई व्यक्तिसँग जोड्न नहुने बताएका थिए।

८ साउन, २०८०, १७:३१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।