केन्द्रीय समितिमा गगनको प्रश्न : आठ-दस महिना सरकार चलाएर मात्र के गर्ने ?

केन्द्रीय समितिमा गगनको प्रश्न : आठ-दस महिना सरकार चलाएर मात्र के गर्ने ?

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन जोगाउन पार्टीको सिद्धान्त विपरीत सम्झौता गर्न नहुने बताएका छन्।

कुनै अमुक दलले समर्थन फिर्ता लिन्छु भनेर धम्क्याएकै भरमा पार्टीको मान्यता बाहिर गएर काम गर्न नहुने उनको तर्क छ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा उनले भने' यो सिस्टमको विकल्प खोज्ने हैन, सिस्टमभित्र विकल्प खोज्ने हो।'

उनले काँग्रेस कमजोर भयो भने अहिलेको संविधानले काम गर्न नसक्ने र संविधानलाई बलियो बनाउन काँग्रेस प्रतिबद्ध हुनुपर्ने बताए।

उनले गठबन्धन टिकाउनुपर्छ भनेर पार्टीको आधारभूत मान्यताविरुद्ध सरकार टिकाउन सम्झौता नगर्न आग्रह गरे।

'अमुक दलको माग सम्बोधन नगर्दा सरकार ढल्छ भनेर सम्झौता गर्नु हुन्न' उनले प्रश्न गरे' आठ-दश महिना सरकार चलाउने मात्र हाम्रो जिम्मेवारी हो।'

स्थानीय तहदेखि केन्द्रसम्मै पार्टीको प्रतिनिधित्व रहेको तर सो अनुसार काम हुन नसकेको उनको धारणा थियो। अहिले आर्थिक क्षेत्र सङ्कटमा रहेको, उद्योग र व्यवसाय सङ्कटमा रहेको भन्दै भने' अर्थमन्त्री नेपाली कांग्रेसका हुनुहुन्छ। यो पक्षमा हामीले के काम गर्यौ भनेर हेर्ने पर्छ।'

८ साउन, २०८०, १७:२३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।